Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महामन्त्री थापाले भने - लेखेर राख्नूस्, अर्को चुनावमा कांग्रेसले हँसिया हथौडा बोक्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले अर्को चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् ।

बिहीबार मधेस प्रदेश सम्मेलनमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुुन् । महामन्त्री थापाले त्यो कुरा लेखेर राख्न सहभागीहरूलाई आग्रह समेत गरे।

महामन्त्री थापाले भने,'लेखेर राख्नूस्, कुनै पनि कांग्रेसले अर्को चुनावमा छाता ओड्नेवाला छैन। कुनै पनि कांग्रेसले अर्को चुनावमा साइकल चलाउनेवाला छैन। हँसिया हथौडा बोक्नेवाला छैन। कांग्रेसले केवल रुख हेर्नेवाला छ। रुखमा छाप लगाउनेवाला छ। गाछीमा छाप लगाउने कांग्रेस बनाउनुपर्ने छ ।’

महामन्त्री थापाले २०८४ आउन चार वर्ष बाँकी रहेकाले त्यसको चिन्ता लिनु नपर्ने बताए। तर कांग्रेसले आफूले जितेका पालिका, प्रदेश सरकार तथा संघीय सरकारबाट काम गरेर देखाउनुपर्ने बताए।

महामन्त्री थापाले आज जनता कुशासनले रिसाइरहेको बेलामा जनतालाई पछाडि फर्काउनुपर्छ भन्नेहरू चाहिँ गणतन्त्र खारेज गरौँ भनिरहेको भन्दै कटाक्ष गरे।

जनताले हरेक दिन बिहान उठ्दै गर्दै नयाँ नयाँ काण्ड सुन्ने गरेको तर जनतालाई पछाडि फर्काउन चाहनेहरूले त्यसैलाई देखाएर गणतन्त्र खारेज गर्नुपर्छ भन्ने गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077