Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलको उपचारका लागि ९ लाख ९५ हजार निकासा

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारमा झण्डै १० लाख रुपैयाँ खर्च गरेको छ ।

गत साउनदेखि मंसिरसम्म राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारमा लाग्ने खर्च वापत ९ लाख ९५ हजार ९३५ रुपैयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निकासा गरेको हो ।

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ बमोजिम उक्त रकम निकास गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यसअघि पनि राष्ट्रपति पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्च सरकारले नै बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077