Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी ऐन हिउँदे अधिवेशनबाट पारित गर्छौँ : उपप्रधानमन्त्री खड्का

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति, सरकारका उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय प्रहरी ऐन, प्रहरी समायोजनको कार्यान्वयन लगायत अन्य सङ्घीय ऐन हिउँदे अधिवेशनमै प्रस्तुत गरेर पारित गर्ने बताएका छन् ।

बिहीबार पार्टीको मधेश प्रदेश अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार सङ्घीय ऐन तत्काल निर्माण गर्ने तयारीमा रहेको बताए ।

सङ्घीय निजामती सेवा ऐन, सङ्घीय प्रहरी ऐन, प्रहरी समायोजनको कार्यान्वयन लगायत अन्य सङ्घीय ऐन हिउँदे अधिवेशनमै प्रस्तुत गरेर पारित गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077