Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : महिला क्रिकेटमा कोशीको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार दोस्रो खेल जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले हराएको हो ।

कोशीलाई जिताउन काजल श्रेष्ठ र अप्सरी बेगमले समान ४१ रनको योगदान गरे । अप्सरी आउट भए पनि काजल नट आउट रहिन्।

बागमतीका संस्कृति फुयाँल र सोनी पाख्रिनले समान १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको बागमतीले २० ‌ओभरमा ८ विकेट गुमाउँदै ८७ रन बनाएको थियो ।

बागमतीका यशोदा विष्टले ४१ र अस्मिना कर्मचार्यले २४ रन बनाएका थिए । कोशीका सबनम राई र अप्सरी बेगमले समान २ विकेट लिए ।

कोशीले हिजो बिहीबार आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077