Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप :मधेशमाथि एपीएफको सानदार जित

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा एपीएफले मधेश प्रदेशमाथि १० विकेटको सानदार जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा जितका लागि पाएको ४१ रनको सामान्य लक्ष्य एपीएफले बिना क्षति छैटौं ओभरमा भेट्टाएको हो।

एपीएफका सीता राना मागर १९ र ज्योति पाण्डे १६ रनमा नट आउट रहे। यसअघि पहिला ब्याटिङ गरेको मधेशका खेलाडी एपीएफका बलरसामु निरिह सावति भएका थिए ।

मधेशले १९.२ ओभरमा अल आउट हुनु अघि ४० रन मात्र बनाएको थियो । मधेशका लागि सबैभन्दा धेरै प्रतिमा साहले १५ रन बनाइन् ।

बलिङतर्फ एपीएफकी कप्तान सिता राना गमरले २.२ ओभर बलिङ् गर्दै मात्र २ रन दिएर ३ विकेट लिइन् ।

यस्तै रेखा रावलले ४ ओभरमा ४ रन दिँदै २ तथा सुमन विष्टले ३ ओभरमा ४ रन दिँदै २ विकेट नै लिइन् । आफ्नो पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको एपीएफको यो लगातार दोस्रो जित हो

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077