Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको घोषणा

एजेन्सी । गाजा क्षेत्रमा शासन गर्दै आएको हमासले इजरायलले गरिरहेको आक्रमण पूर्णरूपमा अन्त्य नहुँदासम्म बन्धक बनाइएका थप मानिसलाई मुक्त नगर्ने घोषणा गरेको छ ।

युद्धविराम र बन्धक रिहा गर्ने बारेमा वार्ता भइरहँदा हमासले विज्ञप्ति निकालेर आक्रमण पूर्णरूपमा अन्त्य भएपछि मात्रै थप बन्धक रिहा गर्ने घोषणा गरेको हो ।

गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा अपहरणमा परेका भनिएका दुई सय ४० जनामध्ये एक सय २० जना अझै बन्धक रहेका बताइएको छ । इ

यसअघि एक हप्ता लामो सङ्घर्षविरामका क्रममा एक सय जनाभन्दा बढी बन्धक बनाइएका मानिस मुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077