Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • उपप्रधानमन्त्री खड्का भन्छन् – संविधानको आवश्यकताअनुसार संशोधन कांग्रेसले गर्छ

    उपप्रधानमन्त्री खड्का भन्छन् – संविधानको आवश्यकताअनुसार संशोधन कांग्रेसले गर्छ

    अनलाइन नेपाल
  • शनिबार, ७ पुष २०८०
  • 522
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानको आवश्यकता अनुसार संशोधन कांग्रेसले गर्ने बताएका छन् ।

    कांग्रेस बागमती प्रदेश सम्मेलनलाई शनिबार सम्बोधन गर्दै पार्टी उपसभापति खड्काले यस्तो बताएका हुन् ।



    उनले गणतन्त्रले जनतालाई मालिक बनाएको स्मरण गराए । गणतन्त्रलाई हल्लाउने प्रयास भइरहेको बताउँदै उनले संविधानको रक्षा कांग्रेसले गर्ने दृढता व्यक्त गरे ।



    यस्तै नेतृत्वमा रहेका सबैले राम्रो काम गरे पार्टी आफैँ सुध्रिने बताउँदै पार्टीलाई सुधार गर्ने जिम्मेवारी वर्तमान नेतृत्वको रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार