Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज पुस ८ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल पुस ८ गते आइतबारको राशिफल ।

मेष

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोबार भने कमजोर रहनसक्छ ।

मिथुन

मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

सिंह

आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । पारिवारिक जमघटको वातावरण बन्ला ।

तुला

आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ, तर धार्मिक तथा रमाइलो यात्राको योग पनि छ ।

धनु

आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ । रमाइलो र यादगार यात्रा पनि हुनेछ ।

कुम्भ

आज सहकर्मीबाट विरोध आउन सक्छ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । साँझमा मन प्रसन्न रहनेछ ।

बृष

आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र धर्मकर्ममा मन जानेछ । अधुरो या नयाँ कार्यको थालनी पनि हुनेछ ।

कर्कट

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार भने सामान्य नै हुनेछ ।

कन्या

आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।

बृश्चिक

आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक र फाइदा मूलक योजना बनिनेछन् ।

मकर

आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077