Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हतियार खरिदमा भ्रष्टाचार गर्ने युक्रेनी रक्षा मन्त्रालयका उच्च अधिकारी पक्राउ

एजेन्सी । हतियार खरिदमा ४० मिलियन डलर हिनामिना गरेको आरोपमा युक्रेनी रक्षा मन्त्रालयका उच्च अधिकारी पक्राउ परेका छन्।

युक्रेनी सैनिकका लागि हतियार खरिदमा ४० मिलियन डलर बराबरको घोटाला गरेको आरोपमा त्यहाँको प्रहरीले रक्षा मन्त्रालयका एक उच्च अधिकारीलाई पक्राउ गरेको हो।

पक्राउ गरिएका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन। अन्तराष्ट्रिय संञ्चारमाध्यमका अनुसार गत वर्षको डिसेम्बरमा ती अधिकारीले एक कम्पनीसँग हतियार खरिद सम्झौता गरेका थिए।

युक्रेनको सुरक्षा सेवाका अनुसार हतियार खरिद गर्दा ती अधिकारीले वास्तविकभन्दा बढी मूल्य राखेको र सो अनुसार ४० मिलियन अमेरिकी डलर ट्रान्सफर गरिदिएका थिए।

तर हतियार भने डेलिभर नभएको युक्रेनकी रक्षा मन्त्रालयले जनाएको छ । हतियार खरिद सम्झौता भएर रकम समेत पठाइसक्दा हतियार डेलिभरी नभएकाले युक्रेनी रक्षा मन्त्रालयले उक्त रकम फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077