Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : लुम्बिनीविरुद्ध एपीएफको फराकिलो जित

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा एपीएफले लगातार तेस्रो जित हात पारेको छ ।

आफ्नो तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ९० रनले हराउँदै एपीएफले प्रतियोगितामा जितको यात्रा कायम राखेको हो ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो । राष्ट्रिय टिमकी कप्तान इन्दु बर्माले एपीएफका लागि अलराउन्डर प्रदर्शन गरिन् ।

ब्याटिङमा ७० रनमा अविजित रहेकी इन्दुले बलिङमा ३ विकेट लिइन्। लुम्बिनीका लागि सरस्वती पुन र शर्मिला रोक्काले समान १–१ विकेट लिए । एपीएफले दिएको १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६१ रनमै सिमित भएको हो ।

एपीएफकी बर्माले ३ सँगै बिनु बुढाले २ विकेट लिइन् । रेखा रावल, करुणा भण्डारी र सीता राना मगरले समान १–१ विकेट लिए । एपीएफले यसअघि मधेश प्रदेशलाई १० विकेट र सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो ।

आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरे पनि लुम्बिनी दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशसँग ९ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077