Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सन्दीपविरुद्धको मुद्दामा बहस सुरु

    सन्दीपविरुद्धको मुद्दामा बहस सुरु

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 780
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दामा बहस सुरु भएको छ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा बहस सुरु भएको हो ।



    अहिले जाहेरवालातर्फबाट सरकारी वकिलले बहस गरिरहेका छन् । त्यसपछि सन्दीपको तर्फबाट बहस हुने छ ।



    यसअघि अघिल्लो इजलासले बहस नोट पेश गर्न आदेश गरेको थियो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा २०७९ कात्तिक १४ गते क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो ।

    सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।

    फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन । विभिन्न बहानामा यो मुद्दाको बहस पछि धकेलिँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार