Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : बागमतीसँग हार्‍यो गण्डकी प्रदेश

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई चार विकेटले पराजित गरेको छ ।

तीन खेल खेलेको बागमती प्रदेशको यो दोस्रो जित हो । एक खेलमा भने बागमती पराजित भएको थियो ।

तीन खेल खेलेको गण्डकी प्रदेशले दोस्रो हार भोगेको हो । एक खेलमा भने गण्डकी विजयी भएको थियो ।

मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय १२ रन बनायो।

जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले १८.४ ओभरमा ६ विकेट गुमाएर एकसय १६ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीका लागि ओपनर अञ्जली विश्वकर्माले ३२ रन बनाएकी थिइन् । उनले ४२ बलमा चार चौका पनि हिर्काइन् ।

सिमाना केसीले २८ रन बनाएकी थिइन् । सुमन खतिवडाले पनि अविजित २८ रन बनाएकी थिइन् । सृजना पौडेल ११ रनमा आउट भइन् ।

बागमती प्रदेशका बलर करिश्मा गुरुङ, अस्मिना कर्माचार्य र मनिषा उपाध्यायले एक–एक विकेट लिए । उक्त खेलमा यशोदा बिष्ट प्लेयर अफ दी म्याच घोषित भइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077