Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : सुदूरपश्चिमको तेस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा सोमबार सुदूरपश्चिम बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमतीले दिएको ८८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको हो।

सुदूरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक २८ रन बनाइकी थिइन् । सुदूरपश्चिमलाई तेस्रो जित दिलाउने क्रममा कविता जोशीले अलराउण्ड प्रदर्शन गरिन्।

उनी ब्याटिङमा २७ रनमा अविजित रहिन् भने बलिङतर्फ २ विकेट लिइन् । बागमतीका लागि अस्मिना कर्मचार्य र सोनी पाख्रिनले समान १/१ विकेट लिए ।

पहिलो खेलमा एपीएफसँग ९ विकेटले हारेको सुदूरपश्चिमले दोस्रो खेलमा लुम्बिनीलाई ९ विकेटले र तेस्रो खेलमा कर्णालीलाई ८१ रनले पराजित गरेको थियो ।

सुदूरपश्चिमले अर्को खेल मधेश प्रदेशसँग खेल्नेछ भने बागमतीले लुम्बिनी प्रदेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077