Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईजीपी कुँवरको निर्देशन – अराजकता फैलाउनेविरूद्ध खरो रूपमा प्रस्तुत हुनू

    आईजीपी कुँवरको निर्देशन – अराजकता फैलाउनेविरूद्ध खरो रूपमा प्रस्तुत हुनू

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 1.2K
    SHARES

    बाजुरा । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय बाजुराको उद्घाटन गरेका छन् ।

    आईजीपी कुँवरले नवनिर्मित कार्यालय, निवास, ब्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको उद्‍घाटन गरेका हुन् ।



    आईजीपी कुँवरले उक्त नवनिर्मित भवनहरूको निरीक्षणसमेत गरेका छन्। आईजीपी कुँवरले नयाँ भवनबाट सम्पादन हुने प्रहरी कार्य पनि थप उर्जामय, नविन सोच र उच्चस्तरको हुनुपर्ने बताए ।



    आईजीपी कुँवरले नागरिकको सुरक्षामा अझ बढी मेहनत र व्यवसायिकताको साथ प्रस्तुत हुनुपर्ने बताए । नागरिकमैत्री, सेवामुखी भावका साथ सम्पूर्ण स्थानीयवासीहरूले भय र त्रासरहित वातावरणमा उद्योग, व्यापार, रोजगार तथा व्यवसाय गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने आईजीपी कुँवरले बताए ।

    उनले समाजमा अशान्ति र अराजकता फैलाउने उच्श्रृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरीतका गैरकानूनी र अनैतिक कार्य गर्ने विरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै किसिमको दवाव र प्रभावमा नपरी शून्य सहनशिलताका साथ कार्य सम्पादन गर्न उपस्थित कर्मचारीहरूलाई निर्देशन दिए ।

    आईजीपी कुँवरले नागरिकसँगको उचित समन्वय र सहकार्यमा कानून विपरीतका गतिविधि नियन्त्रण गरी समाजमा प्रभावकारी शान्ति सुरक्षा व्यवस्था कायम गर्न सकिने बताए । आईजीपी कुँवरले स्थानीय जनसमुदायलाई प्रहरीसँग निरन्तर समन्वय, सहकार्यको लागि आग्रह समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार