Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड सरकारको एकबर्षे कार्यकाल खासै उत्साहित हुनुपर्ने अवस्था छैन : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको एकबर्षे कार्यकाल खासै उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्नै लाग्दा अध्यक्ष भट्टराईले सोमबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो बताएका हुन् । उनले सरकारको एकबर्षे कार्यकालको मूल्यांकन गर्दा खासै उत्साहित हुनुपर्ने अवस्था नरहेको जोकसैले स्वीकार्न करै लाग्ने बताए । उनले लेखेका छन्, 'सरकारले प्राथमिकता दिएका र दिनुपर्ने प्रमुख काम सुशासन, आर्थिक सुधार, शान्तिप्रकृयाको पूर्णता लगायतमा उल्लेख्य प्रगति नदेखिनुमा औपचारिक रूपमा सरकारको नेतृत्व गर्ने दल र व्यक्तिले जिम्मेवारी लिनुपर्ने त हुन्छ नै ! तर अन्तर्यमा गएर हेर्ने हो भने रामप्रसाद/रामबहादुर/रामकुमारीको ठाउॅमा श्यामप्रसाद/श्यामबहादुर/श्यामकुमारी नै भएको भए पनि वर्तमान निर्वाचन प्रणालीरशासकीय स्वरूप अन्तर्गत उन्नाइसको ठाउॅमा बीस बाहेक अरू हुन गाह्रैपर्छ भन्ने कटुसत्यलाई पनि सबैले स्वीकार्नैपर्छ !' प्रचण्ड प्रधानमन्त्री भएको एक वर्ष पुगेको अवसरमा मंगलबार साँझ ५ बजे सम्बोधन गर्दैछन् ।  

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077