Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्रको सक्रियता बढ्यो, एक महिना देश दौडाहामा

काठमाडौं । मंसिर ९ गते झापाको बिर्तामोडस्थित इकम कलेजमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरणपछि पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति सक्रियता शुरू गरेका छन् ।

यही आइतबार पूर्वरानी कोमल, छोरी प्रेरणा र धीरेन्द्रपुत्री दिलासासहित भैरहवाको होटल सिद्धार्थ पुगेका पूर्वराजा शाह स्वर्गीय राजा वीरेन्द्रको जन्मोत्सवको दिनदेखि नागरिक अभिनन्दन र पूजापाठमा व्यस्त हुनेछन् ।

स्रोतका अनुसार यही १४ गते चन्द्रौटा र १५ गते नवलपरासीका जनताको तर्फबाट आयोजना हुने नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम रहेको छ।

भैरहवामा नागरिक अभिनन्दन हुनुअघि उनी पाल्पा भगवती र अर्घाखाँचीको सुपा देउराली भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077