Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

    सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 726
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका छन्।

    काठमाडौं जिल्ला अदालतमा अन्तिम बहसका लागि पेशी चढेको मुद्दामा बिहीबार लागि पेशी तोकिएको हो ।



    गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ ।



    बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गरेका छन् । सन्दीपका कानून व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ ।

    नाबालिग बलात्कार अभियोग लागेका लामिछानेविरूद्धको मुद्दामा पटकपटक पेशी सर्दै आएको छ।

    अहिले भने अन्तिम सुनुवाइ भइरहेको हो। बहस सकिएपछि यस मुद्दाको फैसला आउनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार