Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झण्डै चार करोड ठगेर नेपाल सहकारीका सञ्चालकहरु फरार

काठमाडौं । नयाँ बानेश्वरमा रहेको नेपाल सहकारी वित्तिय संस्थाका सबै सञ्चालक फरार भएका छन् ।

प्रहरीले ठगी मुद्दा चलाएपछि सञ्चालकहरू भागेका हुन् । संस्थाका उपाध्यक्ष रोहित भट्टराईलाई भने प्रहरीले पक्राउ गरेको छ ।

संस्थाका अध्यक्ष तुलसी प्रसाद भट्टराई, सचिव विष्णु प्रसाद गौतम, कोषाध्यक्ष लोकनाथ गौतम, सञ्चालन समिति सदस्यहरु देवेन्द्र बहादुर भण्डारी, प्रमोद खनाल, सृजना पन्त र प्रबन्धक विष्णु तिवारी फरार छन् ।

तीन करोड ८५ लाख ९० हजार रुपैयाँ ठगीको अभियोगमा काठमाडौं प्रहरीले उनीहरूविरुद्ध बुधकार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

बचतकर्ता सुरेशचन्द्र पोद्दार लगायतलाई ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077