Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर कोइरालाको दाबी - ठूला भ्रष्टाचारका काण्डहरूमा शीर्ष नेताहरुको हात छ

पाँचथर । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले ठूलो भ्रष्टाचारका काण्डहरूमा ठूला नेताहरूको हात रहेको दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको उल्लेख गरे । सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भएको उनको जिकिर छ ।

एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको उनको भनाई छ । देशमा दलका नेता, व्यापारी र कर्मचारीहरु मिलेर ठूला ठूला भ्रष्टाचार गरेको नेता कोइरालाले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077