Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चोरी भएका २३ वटा मोटरसाइकल बरामद, संलग्न आठजना पक्राउ

    चोरी भएका २३ वटा मोटरसाइकल बरामद, संलग्न आठजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 1.6K
    SHARES

    रुपन्देही । रुपन्देही प्रहरीले विभिन्न समयमा चोरी भएका २३ वटा मोटरसाइकल बरामद गरी सार्वजनिक गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पत्रकार सम्मेलन मार्फत संलग्न ८ जना शंकास्पद व्यक्तिसहित २३ वटा मोटरसाइकल सार्वजनिक गरेको हो ।



    त्यस्तै दुई वटा फोर्ड इको स्पोर्ट नामक गाडीको एउटै इन्जिन नम्बर देखिएकाले तिलोत्तमा नगरपालिका–२ जानकी नगर स्थित श्रीनगर अटो ग्यारेजबाट नियन्त्रणमा लिएको छ ।



    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ भैरहवा बाट चोर गिरोहले एकैरातमा ८ वटा मोटरसाइकल चोरी गरेपछि खोजतलास गर्ने क्रममा अन्य मोटरसाइकल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार