Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कञ्चनपुरबाट २२ किलो चरेससहित भारतीय मोटरसाइकल बरामद

    कञ्चनपुरबाट २२ किलो चरेससहित भारतीय मोटरसाइकल बरामद

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेश बरामद गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भारतीय नम्बर प्लेटको युपी ३१ २२५६ नम्बरको मोटरसाइकलसहित बेलौरीको बुटाबारीबाट चरेश बेवारिसे अवस्थामा बरामद गरिएको बताए ।



    इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले उक्त चरेश मोटरसाइकलमा राखेको अवस्थामा भेट्टाएको प्रवक्ता शाहको भनाइ छ ।



    ‘चरेशबारे विस्तृतमा अनुसन्धान हुदैछ’, उनले भने, ‘अनुसन्धानबाट सबै कुरा बाहिर आउछ ।’ पछिल्लो समय कञ्चनपुरको दक्षिण क्षेत्रबाट प्रहरीले दिनहुँजसो लागूऔषध ब्राउनसुगरसहित युवकहरु पक्राउ गर्दै आएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार