Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका—११ का मेघराज राई रहेका छन् ।

उनलाई बिहीबार राति हात्तीले आक्रमण गरेको र घरबाट ५० मिटर पर बाटामा शव फेला परेको झापा प्रहरीले जनाएको छ ।

हात्तीले मृतक राईको घरसमेत भत्काएको छ । मृतक राईको शव पोष्टमार्टमका लागि दमक अस्पताल लगिएको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077