Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कोशीमा एमालेसहितको सरकार विस्तारको छलफलमा छौं : मुख्यमन्त्री कार्की

    कोशीमा एमालेसहितको सरकार विस्तारको छलफलमा छौं : मुख्यमन्त्री कार्की

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 531
    SHARES

    हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार विस्तारको लागि एमालेसँग छ्लफल जारी रहेको बताएका छन्।

    हेटौंडामा पत्रकारसँग बोल्दै मुख्यमन्त्री कार्कीले आफू सर्वपक्षीय सरकारको पक्षमा रहेको बताएका हुन्।



    मुख्यमन्त्री कार्कीले एमालेसहितको दलहरूसँग छलफल जारी रहेकाले अहिलेसम्म सरकारले पूर्णता नपाएको बताए ।



    मुख्यमन्त्री कार्कीले भने, ‘संविधानले दिएको विषयलाई वास्ता नगर्ने तर पपुलर हुने नाउमा उत्पट्याङ प्रस्ताव ल्याउने काम वर्तमान प्रतिनिधिसभामा भैरहेको छ, डिसेन्टरलाइजलाई उनीहरूले पचाइरहेका छैन, यो विषयमा सात प्रदेशको मुख्यमन्त्रीको भेलामा जोडदार कुरा उठ्छ।’

    आफू मुख्यमन्त्री भएपछि सहमतिको प्रयास जारी राखेको बताउँदै उनले कोशीको विषेश परिवेशमा सर्वदलीय सरकार आवश्यक रहेको बताएका छन् ।

    प्रधानमन्त्री र मन्त्रीको रिपोर्टकार्ड माग्ने संघीय संसदले आफ्नो रिपोर्ट कार्ड चैँ पेश गर्नु पर्दैन भन्दै उनले प्रश्न गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार