Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री कार्की : को–को बन्दैछन् मन्त्री ?

    मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री कार्की : को–को बन्दैछन् मन्त्री ?

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 600
    SHARES

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । उनले नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

    मुख्यमन्त्री कार्यालयले आज अपराह्न चार बजे नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण हुने जानकारी दिएको छ । नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र रामकुमार खत्री मन्त्री बन्दैछन् भने इन्दिरा थापा राज्यमन्त्री बन्नेछिन् । प्रदीपलाई स्वास्थ्य र रामकुमारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिन लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले बतायो । राज्यमन्त्री थापाको भने मन्त्रालय टुंगो लागिसकेको छैन ।



    त्यसैगरी माओवादी केन्द्रबाट उदयपुरका नारायण बहादुर मगर र संखुवासभाका राजेन्द्र कार्की मन्त्री बन्दैछन् । उनीहरुलाई सामाजिक विकास र खानेपानी मन्त्रालय दिने तयारी छ ।



    मन्त्रालयको अन्तिम टुंगो लगाएर आजै चार बजे शपथ ग्रहण हुने मुख्यमन्त्री कार्कीले बताएका छन् । हाल कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जवेगु र पर्यटन वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार