Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लैनचौर वृत्तमा डिएसपी थापा, सात वृत्तको नेतृत्व फेरिदै

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त लैनचौरको जिम्मेवारी डिएसपी सत्यनारायण थापालाई  दिएको छ । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए ।

वृत्तका डिएसपी चतुर्भुज ओझा राष्ट्रसंघीय शान्ति मिसनमा जाने भएपछि वृत्तको नेतृत्व फेरिएको हो । डिएसपी थापाले केही दिनअघि कार्यभार सम्हालिसकेका छन् ।

उपत्यकाका अन्य ७ वृत्तका डिएसपीको पनि सरुवाको तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ । जनसेवा, कालिमाटी, थानकोट, सातदोबाटो, ठिमी, चापागाउँ र कीर्तिपुरका डिएसपीको अवधि ११ महिना भइसकेको छ ।

जनसेवा वृत्तमा भेषराज रिजाल, ठिमी वृत्तमा रविन्द्र श्रेष्ठ, कीर्तिपुरमा राजु लामा, सातदोबाटोमा उमेश जोशी, चापागाउँमा कृष्ण कुमार चन्द, कालिमाटीमा नरहरी अधिकारी तथा थानकोटमा नारायण अधिकारी कार्यरत छन् ।

महाराजगञ्ज र गौशाला वृत्तका डिएसपीको पनि कार्यसम्पादन सन्तोषजनक नभएकाले ती वृत्तका नेतृत्व पनि एक वर्ष नपुगी फेरिन सक्ने प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

महराजगञ्जमा अमर बहादुर थापा क्षेत्री तथा गौशालामा केशव थेबे छन् । थेबेले भारतीय पर्यटकलाई लुटेको घटनामा डान्सबारका मालिकलाई जोगाएर कर्मचारीलाई मात्र मुद्दा चलाएको विषयमा छानबिन भइरहेको छ ।

प्रहरी हेडक्वार्टरले रसुवा, दोलखा, रामेछाप, जाजरकोट, म्याग्दी, रोल्पा, जुम्ला, तेह्रथुम, ताप्लेजुङ, दैलेख, पूर्वी रुकुम, मनाङ, ओखलढुंगा, सोलुखुम्बु, पश्चिम रुकुम, जाजरकोट लगायत जिल्लाका डिएसपीको पनि सरुवा तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077