Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपको सजाय पुस २५ मा तोकिने

    बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपको सजाय पुस २५ मा तोकिने

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 609
    SHARES

    काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । जिल्ला न्यायाधीश शिशिराज ढकालको इजलासले शुक्रबार लामिछानेलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो।

    जिल्लाले कसुर ठहर गरेपछि कति सजाय हुने भने पछि निर्धारण गर्ने छ। फौजदारी संहिता अनुसार ३ वर्षभन्दा धेरै कैद सजाय हुने मुद्दामा सजाय पछि निर्धारण गरिन्छ ।



    दोषी ठहर भएपनि सन्दीपलाई कति सजाय भन्ने अदालतले तोकेको छैन । सजाय तोक्नका लागि पुस २५ गतेका लागि पेसी तोकिएको छ । १० वर्षभन्दा कम सजाय निर्धारण हुने अवस्थामा सन्दीपले अब तत्काल जेल जानु नपर्ने भएको हो ।



    पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै सन्दीपले युवतीको सहमतिबिना यौनसम्बन्ध राखेको अदालतको ठहर छ । त्यस्तै पीडित नाबालिक भनिएको दाबी पनि अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको छ।

    उनले अब जेलबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न भने पाउँछन्। सन्दीपले २०७९ भदौ ५ गते गौशालाको एक होटलमा लगेर जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते एक किशोरीले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार