Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्लाटिनम कलेजका अध्यक्ष सुन तस्करीमा संलग्न

काठमाडौं । डिल्लीबजारको कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवन कुमार गुरुङ सुन तस्करीमा संलग्न रहेको खुलेको छ ।

गत २१ मंसिरमा विमानस्थलमा बरामद भएको १४ किलो सुन तस्करीमा उनको संलग्नता पुष्टि भएको हो । फरार रहेका गुरुङलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउन लागिएको छ ।

उनको माओवादीका विद्यार्थी नेता दिपेश पुनसँग निकटता देखिएको छ । गुरुङ वर्षौदेखि सुन तस्करी लगायत आपराधिक गतिविधिमा संलग्न रहेको भन्सार स्रोत बताउँछ ।

२१ मंसिरमा भन्सारले १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो । घलेलाई सुन तस्करीमा परिचालन गर्ने मिनबहादुर घलेलाई उनै गुरुङले काममा लगाउँदै आएका थिए ।

माओवादी नेता वर्षमान पुनसँग पनि समेत उनी निकट रहेको भन्सारले जनाएको छ । गुरुङमाथि विस्तृत अनुसन्धान हुन सकेमा अरु ठूला व्यक्तिहरु कानूनी दायरामा आउने सम्भावना छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ गिरोहका नाइके दावा छिरिङसँग सेटिङ गर्ने जीवन चलाउने पनि फरार छन् ।

सुरुमा कागज गर्न बोलाई पछि मुद्दा चल्ने भएपछि प्रहरीका उच्च अधिकारीले नै सूचना दिएर उनलाई भगाएका थिए ।

चलाउनेलाई पक्राउ गर्न हाल प्रहरीले प्रयास नै गरेको छैन । चलाउने हाल दुबईमा बसेर धन्दा चलाइरहेको प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077