Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्लो ओभर रेटका कारण भारतलाई जरिवाना

एजेन्सी । सेन्चुरियनमा दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा स्लो ओभर रेटका कारण भारतीय क्रिकेट टोलीलाई जरिवाना गरिएको छ ।

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा दुई ओभर कम बलिङ गरेको कारण भारतलाई आईसीसी विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) बाट २ अङ्क काटिएको छ भने टोलीलाई म्याच शुल्कको १० प्रतिशत जरिवाना पनि गरिएको छ ।

भारत लक्ष्यभन्दा दुई ओभर ढिलो भएपछि आईसीसी एलिट प्यानल अफ म्याच रेफ्रीका क्रिस ब्रोडले जरिवानाको निर्णय दिएका थिए। यो जरिवाना आईसीसीको आचार संहिताको धारा २.२२ अनुसार लगाइएको हो।

यो न्यूनतम ओभर रेटसँग सम्बन्धित छ। यसमा खेलाडीले निर्धारित समयमा बलिङ गर्न नसकेमा प्रत्येक ओभरको म्याच शुल्कको ५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ ।

स्लो ओभर रेटका कारण अङ्क काटिएपछि डब्लुटीसी अङ्क तालिकामा भारतको स्थिति कमजोर भयो। दक्षिण अफ्रिकासँगको हारपछि भारतीय टोली १६ अङ्कसहित पाँचौँ स्थानमा रहेको थियो ।

अङ्क घटाएपछि १४ अङ्क बाँकी रहँदै टोली छैटौँ स्थानमा झरेको छ । सेन्चुरियन टेस्टमा भारत तेस्रो दिन एक इनिङ्स र ३२ रनले पराजित भएको छ ।

पहिलो टेस्ट जितसँगै दक्षिण अफ्रिकाले सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो र अन्तिम टेस्ट ३ जनवरी २०२४ देखि केप टाउनमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077