Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • खेलाडी सवार बस र ट्रकसँग ठोक्किदा १ जनाको मृत्यु

    खेलाडी सवार बस र ट्रकसँग ठोक्किदा १ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 837
    SHARES

    फाइल तस्विर

    धनगढी । सुदूरपश्चिम प्रदेशका खेलाडी सवार बस ट्रकसँग ठोक्किदा १४ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ।

    हेटौंडामा आयोजना गरिएको प्रथम प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किदै गर्दा खेलाडी र प्रशिक्षक समेत गरेर ३३ जना सवार सुप प्र ०१००१ ख ३३९२ नम्बरको बस र लु १ त ८६०८ नम्बरको ट्रक धानखोलामा आपसमा ठोक्किएको हो ।



    दुर्घटनामा बसमा सवार धनगढी उपमहानगरपालिका–१२ बस्ने १९ वर्षीया निता खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।



    दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो ।

    बसमा सवार उसु खेलाडी पुष्पा कुँवर, सपना तामाङ, एलिसा खाती र सिर्जना बिसी घाइते भएका छन् ।

    अन्य घाइते १० जना पनि समान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार