Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस २०८४ को चुनावमा पत्तासाफ हुने बाटोमा गयो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सत्ता पाइँदैन भन्ने डरले पार्टी २०८४ को चुनावमा पत्तासाफ हुने बाटोमा गएको बताएका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै पौडेलले यस्तो बताएका हुन् । उनले सत्ताको नेतृत्व गर्न पाइने लोभमा सरकारका कमजोरीमाथि नबोल्नु घातक हुने बताए ।

‘सरकारले काम पनि नगर्ने, आफ्नो पालो आउँदा समर्थन पनि प्राप्त हुँदैन भन्ने डरले केही पनि नगर्ने हो भने ८४ को निर्वाचनमा कांग्रेस पत्तासाफसमेत हुनसक्छ,’ उनले भने, ‘कांग्रेसले देशलाई कता लैजाने भन्ने ठोस योजना र रणनीति नल्याएसम्म र अहिलेकै अवस्थामा कम्तीमा म कांग्रेस नेतृत्वलाई ‘डिफेन्स’ गर्न सक्दिनँ ।’

सरकारले उपलब्धिमुलक काम गर्न नसकेको र कांग्रेसका मन्त्रीहरूले उल्लेख्य परिणाम दिन नसकेकाले जनतामा भन्ने कुरा नै केही नभएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077