Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अरुले मिसन-८४ चलाउँछन्, कांग्रेसले मिसन रोजगारी, शिक्षा र स्वास्थ्य चलाउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरूले ‘मिसन ०८४’ भन्न नपाउने बताएका छन् ।

शनिबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले अन्य दललाई मिसन-८४ सञ्चालन गर्ने छुट भए पनि कांग्रेसलाई त्यस्तो छुट नहुने बताए ।

उनले भने अरुले मिसन-८४ चलाउँछन् त्यो उनीहरुको कुरा भयो । तर कांग्रेसले अहिले मिसन-८४ होइन, मिसन रोजगारी, मिसन शिक्षा र मिसन स्वास्थ्य चलाउनुपर्छ । कांग्रेस जनताको जीवनप्रति जिम्मेवार हुनुपर्छ ।'

सरकारमा भएको दलले जनताको शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा गम्भीर हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077