Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

निश्चल बस्नेतले ‘दिमाग खराब’को दोस्रो श्रृंखला ल्याउने

काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले काठमाडौंको रञ्जना सिने प्लेक्समा ५१ औँ दिन मनाएको छ।

प्रदर्शनको ५१ औं दिन मनाउन शनिबार आयोजित समारोहमा उनले २०८३ सालको दशैंमा सिक्वेल ल्याउने बताए हुन्।

गत कार्तिक २४ गतेबाट प्रदर्शनमा आएको फिल्म केही हलमा ५१ दिनसम्म प्रदर्शन भएको बताइन्छ ।

शनिबार आयोजित एक कार्यक्रममा निर्देशक बस्नेतले फिल्म हिट भएको दाबी गर्दै सिक्वेल निर्माण घोषणा गरे । घोषणा अनुसार वि।सं २०८३ सालको दशैंमा नयाँ सिक्वेल रिलिज हुनेछ ।

केक काटेर ५१ औँ दिनको खुसी साटिएको कार्यक्रममा यसका निर्माता र कलाकारहरूमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, विजय बराल, रमा थपलिया लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077