Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मोरङमा जंगली हात्ती मृत फेला

विराटनगर । मोरङको सुन्दरहरैंचास्थित सामुदायिक वनमा एउटा जंगली हात्ती मृत फेला परेको छ ।

सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र हात्ती मृत फेला परेको हो।

सब डिभिजन वन कार्यालय सलकपुरका अनुसार हात्तीलाई गोली हानेर मारेको आशंका गरिएको छ।

तर, यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

हात्ती मृत फेला परेको जानकारी स्थानीयले ८:५० बजेतिर प्रहरी र वन कर्मचारीलाई गराएका थिए।

त्यसलत्तगै वन कर्मचारी र प्रहरीको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077