Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पक्राउ परेकी सामान्य प्रशासनमन्त्री अनिता अनसनमा

काठमाडौं । माइतीघरबाट पक्राउ परेकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले पुलिस क्लबमा अनसन सुरू गरेकी छन्।

माइतीघरमा निषेधित क्षेत्र तोडेर धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतसहित ५१ जना पक्राउ परेपछि मन्त्री अनिता देवीले पुलिस क्लबमा अनसन सुरू गरेकी हुन् ।

राउतलगायत जनमतका नेता कार्यकर्तालाई सोमवार बिहान प्रहरीले माइतीघरबाट पक्राउ गरेको थियो।

प्रदर्शनका लागि भनेर मन्त्री अनिता देवी पनि माइतीघर पुगेकी थिइन् ।

जनमत पार्टीले अंग्रेजी नयाँ वर्षका दिन धोती दिवस मनाइनुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077