Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसलाई सवल र सक्षम बनाउन समयमै १५औँ महाधिवेशन हुनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आसन्न महासमितिको बैठकबाट १५औँ महाधिवेशनको मिति तोकिनुपर्ने बताएका छन् ।

सोमबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा प्रजातन्त्र सेनानी संघले काठमाडौंमा आयोजना गरेको वाग्मती प्रदेशस्तरीय भेलामा उनले सो कुरा बताएका हुन् ।

उनले पार्टीलाई सवल र सक्षम बनाउन समयमै १५औँ महाधिवेशन हुनुपर्ने बताए ।

कांग्रेस अहिलेको अवस्थामा अगाडि बढ्न नसक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन पार्टी महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077