Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेनाका घिमिरे र ढकालले लगाए उपरथीको फुली

काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा पदोन्नती भएका पवन राज घिमिरे र चोक बहादुर ढकाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

जङ्गी अड्‌डामा सोमबार आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्माले घिमिरे र ढकाललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

पदोन्नतिसँगै उपरथी घिमिरे नेपाली सैनिक वार कलेजमा शिक्षाधिकृत तथा उपरथी ढकाल सैनिक सचिव विभाग, अतिरिक्त समूहमा नियुक्त भएका छन् ।

हाल उपरथी ढकाल युनाइटेड नेसन्स इन्टेरिम फोर्स इन लेबनान (युनिफिल) मिशनमा डेपुटी फोर्स कमान्डरका रुपमा कार्यरत छन् । उनीहरु नेपाल सरकारको पुस १२ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077