Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजामा मारिनेको संख्या २१ हजार ९७८ पुग्यो

एजेन्सी । इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिएका छन् ।

हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ देखि शुरु भएको युद्धमा २१ हजार ९७८ प्यालेस्टाइनी मारिएका हुन् ।

यसैबिच विगत २४ घण्टामा १ सय ५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल– कुद्राले टेलिभिजन पत्रकार सम्मेलनमा बताएका छन् ।

उनले गाजामा युद्ध शुरु भएयता ५७ हजार ६ सय ९७ जना घाइते भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077