Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बुढीगंगा नदी किनारमा अस्ताए बालकुमारीमा मारिएका बीरेन्द्र शाह

    बुढीगंगा नदी किनारमा अस्ताए बालकुमारीमा मारिएका बीरेन्द्र शाह

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 6.9K
    SHARES

    अछाम । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागरे मारिएका अछामको चौरपाटी गाउँपालिका-१ का बीरेन्द्र शाहको आज दाहसंस्कार गरिएको छ ।

    गत शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षार्थीहरु र प्रहरीबीचको झडपका क्रममा मारिएका उनको आज बुढीगंगा नदी किनारमा अन्तिम संस्कार गरिएको हो ।



    मंगलबार बिहान काठमाडौंबाट हेलिकोप्टरमार्फत ल्याइएको शव आज दिउँसो उनको घर चौरपाटी गाउँपालिका-१ सिउँडी पुगेको थियो ।



    उनको शवयात्रामा गाउँपालिका जनप्रतिनिधिलगायत विभिन्न क्षेत्रका मानिसहरू सहभागी थिए । सरकार र बालकुमारी घटनामा मृत्यु भएका पीडितका परिवारकाबीच चार बुँदे सहमतिपछि शव बुझिएको थियो ।

    शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरिया भाषा परीक्षा दिएका, तर फेल भएका युवाहरुले पुनः भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीसँगको धरपकडमा दुई युवकको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार