Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विपिनको रिहाइका लागि सभामुखले गरे इसराइलका राजदूतसँग अपिल

काठमाडौं । सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवन रक्षा र सकुशल रिहाइका लागि अपिल गरेका छन्।

नेपालका लागि इसराइली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सिंहदरवारमा भएको भेटमा सभामुख घिमिरेले जोशी निर्दोष रहेको बताउँदै रिहाइका लागि अपिल गरेका हुन्।

सभामुख घिमिरेले प्रतिनिधि सभामा जोशीको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरु इसराइलमा शीघ्र शान्तिको पक्षमा रहेको बताए। हमासले युद्धमा सामेल नभएका इसराइली र विदेशी गरी दर्जनौं मुक्त गर्दा पनि जोशीलाई बन्धक नै बनाएको छ।

गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि जोशी सकुसल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धकमुक्त नहुनु दुःखद रहेको बताए।

उनले जोशी व्यक्तिगत रूपमा पनि परिचित रहेको उल्लेख गर्दै उनको परिवारलाई नियमित पारिश्रमिक व्यवस्था गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077