Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापाको आरोप - देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीति नै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा रहेको आरोप लगाएका छन् ।

पूर्वकर्मचारी समाज नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै थापाले यस्तो आरोप लगाएका हुन् । उनले यति धेरै पूर्वप्रधानमन्त्रीहरू राजनीतिमा क्रियाशील भएको अन्य मुलुकमा आफूले नदेखेको बताए ।

उनले देशमा संविधान बनेर आवधिक निर्वाचनहरु हुन थाल्नु सकारात्मक कुरा भएपनि अर्थतन्त्रमा र शासकहरुको प्रवृत्तिमा भने सुधार हुन नसकेको बताए ।

पूर्वप्रधानमन्त्रीहरुलाई विस्थापन गर्ने प्रयास सुरु भएको महामन्त्री थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077