Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलले गर्‍यो गाजापट्टीबाट ५१ जना प्यालेस्टिनी महिला पक्राउ

एजेन्सी । इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका क्रममा गाजा पट्टीबाट कम्तीमा ५१ जना प्यालेस्टिनी महिलालाई पक्राउ गरेको छ ।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनिज एण्ड एक्स-प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले हिजो संयुक्त विज्ञप्ति निकालेर ती महिलालाई इजरायलको डेमोन जेलमा राखिएको बताएका हुन् ।

पक्राउ पर्नेमा ८२ वर्षीया महिलासहित उनका आफन्त पनि रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

पक्राउ गरिएका महिलाले यातना र अपमानको सामना गर्नुपरेको र गाजाका अन्य बन्दीहरुलाई जस्तै गरी हिरासतमा राखिएको दाबी समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077