Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

भारतलाई २० करोड सिधै खर्च गर्न दिने सहमतिमा एमाले सांसद पन्तको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय दूतावासले नेपालमा २० करोड रुपैयाँसम्मका आयोजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौतामा आपत्ति जनाएका छन् ।

राज्य व्यवस्था समितिको शुक्रबार बिहानको बैठकमा बोल्दै एमाले सांसद पन्तले उक्त विषयमा आपत्ति जनाएका हुन् । यो सम्झौताले देशमा अनावश्यक राजनीतिक हस्तक्षेप बढ्ने उनको आशंका छ ।

सांसद पन्तले भने, ‘यस सम्झौताले अनावश्यक र अवाञ्छित राजनीतिक प्रभाव, दबाव र हस्तक्षेपलाई निम्त्याउँछ र आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई प्रवेश गर्ने वातावरण बनाउँछ ।’

भारतीय दूतावासले सुरुमा ३ करोड, ५ करोड हुँदै अहिले २० करोड रुपैयाँसम्म खर्च गर्न पाउने सम्झौताले एकदमै चिन्ता लागेको पन्तले बताए । यो सम्झौताले नेपालको स्वतन्त्र निर्णय गर्न सक्ने अधिकारलाई पनि रोक्ने भन्दै उनले प्रधानमन्त्रीलाई विचार गर्न आग्रह गरेका थिए ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौंस्थित भारतीय दूतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077