Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सरकारलाई एमालेले भन्यो – भारतसँग भएको सम्झौताबारे स्पष्ट पार्नू

    सरकारलाई एमालेले भन्यो – भारतसँग भएको सम्झौताबारे स्पष्ट पार्नू

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 489
    SHARES

    काठमाडौं । नेकपा एमालेले भारतीय विदेशमन्त्री एस. जयशंकरको नेपाल भ्रमणको क्रममा सरकारले भारतसँग गरेका सहमति र सम्झौताबारे स्पष्ट पार्नुपर्ने माग गरेको छ ।

    एमाले सचिवालयको शुक्रबार बसेको बैठकको निर्णयबारे जानकारी गराउँदै पार्टी महासचिव शंकर पोखरेलले यस्तो माग गरेका हुन् ।



    बैठकले दुई देशबिचको ज्वाइन्ट कमिसनको मार्फत गरेका सहमति र निर्णयहरुबारे सत्तापक्षले आफूहरूसँग कुनै छलफल र संवाद नगरेकोमा चिन्ता प्रकट गरेको उनले बताए ।



    ‘राष्ट्रियतका प्रश्नहरूमा सत्ता पक्षले प्रतिपक्षलाई विश्वासमा लिएर मात्रै काम गर्नुपर्नेमा कुनै परामर्श नगरिएको र सम्झौताबारे पनि स्पष्ट नभएकाले आलोचना गर्दै सहमतिका विषय स्पष्ट गर्न माग गर्ने निर्णय बैठकले गरेको छ,’ उनले भने ।

    जयशंकरको नेपाल भ्रमणका क्रममा भारतीय दूतावासबाट २० करोडसम्मको रकम विकास गर्न दिने गरी सहमति भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार