Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रियसभाका १९ पदमै उम्मेदवारी दिने एमालेको निर्णय

    राष्ट्रियसभाका १९ पदमै उम्मेदवारी दिने एमालेको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 822
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ ।

    शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गरेको निर्णय सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले उक्त जानकारी दिएका हुन् ।



    उनका अनुसार विभिन्न क्लष्टरबारे निर्क्यौल गर्नुपर्ने भएकाले आज टुंगो लागेको छैन । माघ ११ गते हुने निर्वाचनका लागि मंसिर २३ गते उमेदवारी मनोनय हुँदैछ ।



    एमाले र सत्ता गठबन्धनबीच राष्ट्रियसभामा भागबण्डा हुने चर्चा भएको थियो । तर आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बाहिर चर्चा भएजस्तो प्रस्ताव नआएको ब्रिफिङ गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार