Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी-२० विश्वकपमा नेपाल समूह 'डी' मा, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग भिड्ने

काठमाडौं । आइसीसी टी-२० विश्वकपमा नेपालले समूह 'डी' मा परेको छ ।

आइसीसीले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह डीमा रहँदै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्ने भएको हो ।

नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

त्यस्तै दोस्रो खेल जुन ११ मा श्रीलंकासँग, तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिकासँग र अन्तिम खेल जुन १६ मा बंगलादेशससँग खेल्नेछ।

नेपालले दुई खेल वेस्ट इन्डिज र दुई खेल अमेरिकामा खेल्ने आइसीसीले जानकारी दिएको छ ।

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन् । त्यसपछि १९ देखि २४ जुनसम्म सुपर ८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल १९ जुनमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077