Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सत्तापक्षसँग टीआरसीमा राष्ट्रियसभा सदस्य लेनदेन हुँदैन : केपी ओली

    सत्तापक्षसँग टीआरसीमा राष्ट्रियसभा सदस्य लेनदेन हुँदैन : केपी ओली

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 537
    SHARES

    काठमाडौँ । नेकपा एमालेले सत्तापक्षसँग टीआरसीमा राष्ट्रियसभा सदस्य लेनदेन नगर्ने स्पष्ट पारेको छ ।

    शुक्रवार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले भने जसरी टीआरसीमा सहमति जनाएर जान नसकिने स्पष्ट पारेका हुन् ।



    पार्टीले पहिलेदेखि राख्दै आएको अडानबाट पछि हट्न नसकिने उनले बताए । बैठकमा सचिवालय सदस्यहरूले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने भनेर बाहिर आएका चर्चाबारे जिज्ञासा राखेका थिए ।



    सत्ता गठबन्धनसँग राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्नेबारे सामान्य छलफल भए पनि ठोस प्रस्ताव नआएको भन्दै आफ्नोतर्फबाट गर्नुपर्ने तयारीमा कुनै कमी हुन नहुने अध्यक्ष ओलीले जवाफ फर्काएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार