Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आफूमात्रै होइन, छिमेकीलाई पनि खुसी बनाउने नीति चीनको छ : नेता युगाङ

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र चिनियाँ कम्युनिष्ट पार्टीको युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव सी युगाङबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच शनिबार उपराष्ट्रपति कार्यालय लैनचौरमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा युगाङले आफूमात्रै होइन, छिमेकीलाई पनि खुसी बनाउने नीति चीनको रहेको बताए ।

उनले छिमेकीलाई विशेष महत्व दिएरै आफ्नो टोलीले नयाँ वर्षको अवसरमा नेपालबाटै भ्रमण सुरू गरेको प्रस्ट्याए।

उपराष्ट्रपति यादवले नेपाल र चीनबीच सदियौंदेखि रहिआएको सौहार्दपूर्ण एवं घनिष्ठ सम्बन्ध हालैका वर्षमा बहुआयामिक क्षेत्रमा अझ व्यापक भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077