Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • आफूलाई चिन्न, बदल्न, असल तथा स्वच्छ बन्न ध्यान विज्ञान आवश्यक : गृहमन्त्री श्रेष्ठ

    आफूलाई चिन्न, बदल्न, असल तथा स्वच्छ बन्न ध्यान विज्ञान आवश्यक : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 525
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यानलाई धर्मसँग नभएर विज्ञानको रूपमा जोडेर हेर्नुपर्ने बताएका छन् ।

    गृह मन्त्रालयको समन्वय तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र जीवन विज्ञान संस्थाको संयुक्त आयोजनामा ध्यान विज्ञान ध्यानद्वारा उर्जा जागरणको एक दिवसीय कार्यशालाको सोही प्रतिष्ठानमा शनिबार उद्‍घाटन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    उनले आफूलाई चिन्न, बदल्न, असल तथा स्वच्छ बन्न ध्यान विज्ञान आवश्यक रहेको बताए । उनले ध्यान विज्ञानले सुरक्षा अंगका कर्मचारीलाई असल, स्वच्छ एवम् शुद्ध बन्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्दै नेपाल सरकारले अंगिकार गरेको सुशासनको अभियानलाई समेत प्रभावकारी रूपमा सम्पादन गर्न कार्यशालाले थप मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।



    ध्यानको माध्यमबाट हरेक कर्मचारीहरूलाई तनावमुक्त, एकाग्रता, स्वजागरण एवम् स्वअनुशासित बनाउन सहयोग हुने तथा उनीहरूबाट सम्पादन हुने कार्यमा समेत सकारात्मक प्रभाव पर्ने हुँदा निष्ठा एवम् समर्पणभावका साथ ध्यान विज्ञानलाई आत्मसाथ गर्न उनले जोड दिए ।

    योगले शारीरिक अभ्यासको साथै जीवनशैलीलाई राम्रो बनाई आफूलाई रूपान्तरण गर्ने प्रकृयामा योगदान पुर्‍याउने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले समाजलाई राम्रो बनाउन र विश्वमा नै मानवताको प्रवर्द्धन गर्न समेत ध्यान विज्ञान फलदायी हुने बताए ।

    मन्त्रालय र सुरक्षा संयन्त्रको नेतृत्वले ध्यान विज्ञानको अभियानको मर्म र महत्वलाई गम्भीर रूपमा आत्मसाथ गरेको चर्चा गर्दै आगामी दिनमा समेत सुरक्षा निकायमा ध्यान विज्ञानको प्रशिक्षणलाई थप विस्तार गर्दै लैजाने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार