Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सत्ता गठबन्धनमा राष्ट्रियसभाको भागबण्डा मिल्यो, आज कलस्टर मिलाउन बैठक बस्दै

    सत्ता गठबन्धनमा राष्ट्रियसभाको भागबण्डा मिल्यो, आज कलस्टर मिलाउन बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 768
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठक आज पनि बस्दैछ ।

    शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि सहमतिको अन्तिम ड्राफ्ट तयार गरेको थियो । तर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेर हिँडेका थिए ।



    माधव नेपालले तीन सिटमा दाबी गरेका छन् । तर कांग्रेस र माओवादीले दुई सिटमात्र दिन सकिने बताइरहेका छन् । आज बिहान माधव नेपाललाई राखेर सहमति हुने बताइएको छ ।



    आज विहान बस्ने बैठकले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले पाएको सिटको क्लस्टर टुंगो लगाउने छ । १९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिट लिने भएका हुन् ।

    बैठकमा कांग्रेसले ११, माओवादीले ७, एकीकृत समाजवादी र जसपाले ३/३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १/१ सिट दाबी गरेका थिए । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार