Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सालकको खपेटासहित धरानबाट २ जना पक्राउ

    सालकको खपेटासहित धरानबाट २ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 681
    SHARES

    सुनसरी । प्रहरीले संरक्षित सालकको खपेटाहित २ जनालाई शनिबार राति पक्राउ गरेको छ ।

    धरान उपमहानगरपालिका–५ किशान चोकबाट सालकको खपेटा ३ सय ४० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।



    पक्राउ पर्नेहरूमा संखुवासभा चिचिला गाउँपालिका–३ घर भएका २८ वर्षीय सन्दीप राई र संखुवासभा धर्मदेवी गाउँपालिका–३ घर भएका २१ वर्षीय मनोज तामाङ रहेका छन् ।



    ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईको कोठा तलासी गर्ने क्रममा उनलाई उक्त खपेटासहित पक्राउ गरेको हो ।

    साथै थप सोधपुछ गर्ने क्रममा तामाङबाट उक्त खपेटा लिएको भनी खुल्नआएपछि तामाङलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार